बडिगाड गाउँपालिकाले भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी सहित स्वास्थ्य सामाग्री पठायो

बडिगाड गाउँपालिकाले भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी सहित स्वास्थ्य सामाग्री पठायो

Badigad Online
2 Min Read

सागर भण्डारी, गुल्मी । शुक्रवार बेलुकी गएको भुकम्पबाट प्रभावित क्षेत्रका नागरिकहरुको उद्धार तथा उपचारका लागि बागलुङको बडिगाड गाउँपालिकाले स्वास्थ्यकर्मी सहित स्वास्थ्य सामाग्री पठाएको छ ।

भुकम्पबाट प्रभावित रुकुम र जाजरकोट लगायतका क्षेत्रका नागरिकहरुको उपचारका लागि बडिगाड गाउँपालिकाको स्वास्थ्यकर्मीहरु स्वास्थ्य सामाग्री लिएर गएका हुन् । प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउने उद्देश्यले गाउँपालिकाले स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पठाएको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

स्वास्थ्य शाखाका प्रमुख बिपेन्द्र के.सी.को नेतृत्त्वमा डा. कुन्दन कुमार यादव, जनस्वास्थ्य निरिक्षक (डिल बहादुर के.सी., हेम पुन, हेल्थ असिस्टेन्ट सुदिप रन्जन यादब लगायत स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोट तर्फ पठाईएको प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशमा गएको भूकम्पबाट पीडित नागरिकहरुको उद्धार र उपचारमा आफू पनि साथमा रहेको बडिगाड गाउँपालिका संगै रहेको समेत प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

स्वास्थ्यकर्मीहरुको टोली प्रभावित क्षेत्रमा पुगेर घाइतेहरूको उपचारमा सहभागी हुने गाउँपालिकाले जनाएको छ । देश विपत्तिमा परेको समयमा सबैको साथ र सहयोग अपरिहार्य रहेको भन्दै गाउँपालिका अध्यक्ष थापाले सबै क्षेत्रबाट सहयोग र उद्धार जरुरी रहेको बताउनुभयो ।

गएराति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशलमव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि लगातार परकम्प आइरहेको छ । भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुगेको छ । प्रहरीका अनुसार १ सय ७० जना घाइते भएका छन् ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित