विज्ञापन भुक्तानीमा बडिगाड गाउँपालिकाको विभेद : कांग्रेस निकटलाई ६८ हजार हुँदा एमालेलाई ४ हजार !

विज्ञापन भुक्तानीमा बडिगाड गाउँपालिकाको विभेद : कांग्रेस निकटलाई ६८ हजार हुँदा एमालेलाई ४ हजार !

Badigad Online
2 Min Read

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिकाले सूचना/विज्ञापन भूक्तानीमा समेत विभेद गरेको पाइएको छ । बडिगाड अनलाइनलाई प्राप्त विवरण अनुसार नेपाली कांग्रेस निकट नेपाल निजामति कर्मचारी यूनियनलाई शुभकामना सन्देश बापतको ६८ हजार भुक्तानी हुँदा नेकपा एमाले निकट नेपाल निजामति कर्मचारी संगठनलाई ४ हजार भुक्तानी भएको पाइएको छ ।

आर्थिक वर्ष २०७९ /०८० को असारमसान्तसम्म सञ्चार क्षेत्रमा १२ लाख ८९ हजार ६ सय २२ रुपैयाँ खर्च गरेको हो । गाउँपालिका सूचना अधिकारी थम्मन रेश्मीका अनुसार शुभकामना, विज्ञापन तथा टेन्डर आव्हानका लागि पौने १३ लाख रुपैयाँ रकम खर्च भएको छ।

प्राप्त विवरण अनुसार सूचना प्रशारणमा सबैभन्दा बढी रेडियो सारथी खर्बाङलाई २ लाख २३ हजार भुक्तान गरिएको छ । यसैगरी सार्वजनिक सुनुवाई तथा सूचना प्रकाशनमा सर्वसिद्धी मिडिया प्रालि बागलुङलाई १ लाख ७५ हजार ९ सय ५० रुपैयाँ भुक्तान गरिएको छ ।

स्टार एडेभटाइजिङले ९६ हजार १ सय र रेडियो पुष्पाञ्जली गुल्मीले सूचना प्रशारण गरेवापत ७२ हजार भुक्तान लिएका छन् । यसैगरी भिडियो डकुमेन्ट्री तथा सूचना प्रकाशनमा जिटीभि नेपालले ६५ हजार ७ सय ६१ रुपैयाँ, स्माईल एडभटाइजिङले ५९ हजार ८ सय र टेन्डर सूचना प्रकाशनमा ग्राण्डि मिडिया हाउसले ८५ हजार ११ भुक्तान लिएको छ ।

सूचना प्रशारणमा रेडियो छत्रभूमी गुल्मीले ६० हजार लिँदा रेडियो ढोरपाटनले ५ हजार भुक्तानी लिएको छ । यसै गरी ढोरपाटन सञ्चार प्रालिले सूचना प्रकाशन गरेवापत ३० हजार रुपैयाँ भुक्तानी लिएको छ ।

कुन संस्थाले कति लिए भुक्तानी ?

 

 

 

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित