कमल पौडेल, १६ फागुन, बडिगाड: बडिगाड गाउँपालिकामा यहि फागुन २७ गते देखि ९ महिना देखि ५ वर्षसम्मका बालवालिकाहरुको लागि दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। पालिकाका ३५ खोप केन्द्रबाट ३५ जना तालिम प्राप्त स्वास्थ्यकर्मि ७० जना स्वयंसेवीक र आवश्यक सहयोगी परिचालनमा खोप दिन लागिएको बडिगाड गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक हेम पुनले जानकारी दिनुभएको छ।
नियमित खोप बाहेक २७ गते देखि ५ दिन सम्म सञ्चालन हुने दादुरा रुबेला विरुद्धको विशेष खोप अभियानमा १५ जनाको विशेष टोलीले अनुगमन गर्ने पुनले जानकारी दिनुभएको छ। जनस्वास्थ्य निरिक्षक पुनले दादुरा रुबेला बढि संक्रामक रोग भएकोले अभियानमा कोहि छुट्न नहुने भन्दै खोप सुरक्षीत र प्रभावकारी भएको जानकारी दिनुभएको छ।
खोप अभियानलाई प्रभावकारी बनाउन आज पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा, उपाध्यक्ष भिमसेन वन, वडा अध्यक्षहरु, स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मि लगाएतको सहभागिता रहेको थियो।
नेपालले सन् २०२६ सम्म पूर्ण खोपयुक्त देश बनाउने घोषणा गरिसकेको छ। तर वर्तमानमा करिव ४ प्रतिशत वालवालिका खोपको पहुँचमा नपुगेको तथ्यांक रहेको छ। दादुरा रुवेलाको संक्रमण अझै नरोकिएको भन्दै सरकारले यसवर्षपनि दादुरा रुवेला विरुद्धको विशेष खोपकार्यक्रम सञ्चालन गरिरहेको छ।
फोटोः एटेज गरिएको छ।