क्याप्टेन मनिष शाक्यले खुलाए जहाज दुर्घटना हुनुको कारण

क्याप्टेन मनिष शाक्यले खुलाए जहाज दुर्घटना हुनुको कारण

Badigad Online
1 Min Read

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ ।

उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उहाँको उपचार भइरहेको छ ।

क्याप्टेन शाक्य सामान्य कुराकानी गर्न सक्नुहुन्छ । बिहीबार बिहान केएमसीकी मेडिकल डाइरेक्टर डा. मिना थापासँग क्याप्टेन शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको कुरा खुलाउनुभएको छ ।

‘करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ । तल खस्न थाल्यो,’ शाक्यको भनाइ उद्धृत गर्दै डा. थापाले भन्नुभयो, ‘त्यसपछि जहाज मेरो नियन्त्रणमा भएन ।’

‘एकैपल्ट थिचिएको जस्तो अनुभव भयो । सानो प्वालबाट आफैं बाहिर निस्किएँ । त्यसबाट नस्किन लाग्दा कसैले मलाई तानेको याद छ,’ उहाँले घटनाबारे आफ्नो सम्झना सुनाउनुभयो ।

काठमाडौंबाट बुधबार बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै परिसरभित्रै दुर्घटना भएको थियो ।

घटनामा परेर १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरेर केएमसी अस्पतालमा ११ः३० मा पुर्‍याइएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित