भारत–पाकिस्तानमा रहेका नेपालीको ख्याल गर्न सभामुखको ‘रुलिङ’

भारत–पाकिस्तानमा रहेका नेपालीको ख्याल गर्न सभामुखको ‘रुलिङ’

Badigad Online
1 Min Read

काठमाडौं । प्रतिनिधिसभाले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारको ध्यानाकर्षण गराएको छ। आज (शुक्रबार) को प्रतिनिधिसभाको बैठकमा सांसदहरूले समेत आकस्मिक समयमा यो विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले पनि सरकारको ध्यानाकर्षण गरेका हुन् ।

‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षा लगायत पर्न सक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्न / गराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ सभामुख घिमिरेले भनेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित