पर्साका संक्रमित फर्किएको बागलुङको गलकोटमा आजदेखि पिसिआर परीक्षण !

पर्साका संक्रमित फर्किएको बागलुङको गलकोटमा आजदेखि पिसिआर परीक्षण !

Badigad Online
2 Min Read

थम्मन थापा, गलकोट । बागलुङको गलकोट नगरपालिकामा आज देखि पिसिआर माध्यमबाट कोरोन परीक्षण गरिदैछ । गत वैशाख ११ गते गलकोट नगरपालिकाबाट पर्सा फर्किएका १४ मजदुरमा कोरोना भाइरसको संक्रमण पाइएपछि आजदेखि गलकोटमा पिसिआर माध्यमबाट कोरोना परीक्षण गर्न थालिएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।

मजदुरहरुको सम्पर्कमा रहेकाहरुको मात्र पिसिआर परिक्षण गरिने छ । अहिलेसम्म मजदुरको सम्पर्कमा रहेका झण्डै १ सय जनाको पहिचान भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मिनराज गैरेले जानकारी दिनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार गलकोटमा आज देखि ३ दिनसम्म ती व्यक्तिहरुको स्वाब संकलन गरिनेछ ।

१ दिनमा ३० देखि ३५ जनासम्मको स्वाब संकलन गर्न सकिने गुरौले बताउनुभयो । गलकोट नगरपालिकामा करिब १ सय जनाको पिसिआर परिक्षण गरिने छ । गलकोट नगरपालिकाकाले गलकोट क्षेत्रमा कोरोनाको उच्च जोखिम बढेको भन्दै जेठ १ गते देखि लकडाउनलाई थप कडा बनाएको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिनुभयो ।

बिहीबार देखि नगर भित्र एम्बुलेन्स र अस्पताल मात्रै खुल्ला रहने गरि सबै क्षेत्र ठप्प पारिएको छ । त्यस्तै गलकोट प्रवेश गर्ने नाकाहरु गिरङदी खोला, घोडाबाँधे र जँगराको नाकामा कडाई गरिएको छ । लक डाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन प्रहरी प्रशासन, जनप्रतिनिधि, सरोकारवालाले उच्च निगरानी राखिरहेको ईलाका प्रहरी कार्यालय गलकोटका प्रमुख केशव सिंह थापाले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित