बागलुङ । बाग्लुङको गलकोटमा पिकअप जीप दु*र्घटना हुँदा २ जना घा*ईते भएका छन् । गल्कोट वडा नं. ३ लमहीमा आज (मंगलबार )बिहान पीकअप दु*र्घटना हुँदा दुई जना घा*इते भएका हुन् ।
उपल्लो लमहीबाट हटियातर्फ जाँदै गरेको ग २ च ५९८० नम्बर पिकअप दु*र्घटना हुँदा सोही नगरपालिकाको वडा नं ३ लमहीकी ७२ वर्षिया भविकला बस्नेत र उहाँका २६ वर्षिय नाती विष्णु बस्नेत घा*इते भएको प्रहरी चौकी हटियाका प्रहरी नायव निरीक्षक अनुप खत्रीले जानकारी दिनुभएको छ । घा*इते भविकला खत्रीको बाँया हात र विष्णु खत्रीको निधारमा चो*ट लागेको छ ।
घा*इतेको हटियास्थित आरोग्य हस्पिटलमा सामान्य उपचारपछि पोखरा रिफर गरिएको प्रहरी नायव निरिक्षक खत्रीले बताउनुभयो । ब्रेक फेल भएर पिकअप सडकबाट करिब एक सय मिटर तल खसेको बताईएको छ । पिकअप चालकलाई नि*यन्त्रणमा लिई अ*नुस*न्धानका लागि इलाका प्रहरी कार्यालय हरिचौरमा पठाईएको प्रहरी नायव निरिक्षक खत्रीले जानकारी दिनुभएको छ ।