ढोरपाटनको पाश्र्वचित्र कसको पेट भित्र ?

ढोरपाटनको पाश्र्वचित्र कसको पेट भित्र ?

Badigad Online
4 Min Read

राम प्रसाद घिमिरे बाग्लुङ । ढोरपाटन नगरपालिकामा समेटिएका तत्कालीन गाविसहरुको अवस्था, भूवनावट, नदीनाला, जनसंख्या, स्वास्थ्य, विकास निर्माण लगायत त्यहाँको तथ्यगत बस्तुस्थिति स्पष्ट हुने गरी तथ्यांक संकलन गरी त्यसको अध्ययन गरेर नै त्यहाँको सर्वांगिण विकासका लागी आवश्यक पर्ने विकास आयोजना आदिको निक्र्यौल गर्न सजिलो हुन्छ ।

त्यसैकारणले नगर क्षेत्र भित्रको भरपर्दो र सहिे तथ्याङ्क संकलन गरी पाश्र्वचित्र तयार पार्नु जरुरी हुन्छ । स्थानीय स्वायत्त शासन ऐन, २०५५ र स्थानीय स्वायत्त शासन नियमावली २०५६ मा नगरपालिकाहरुले नगर क्षेत्र भित्रको तथ्याङ्क संकलन गरि समग्र नगरपालिकाको अवस्था तथा वस्तुस्थिति झल्कने गरि नगर पाश्र्वचित्र तयार गर्नुपर्ने व्यवस्था गरेको छ । यसै कुरालाई मध्यनजर गरी ढोरपाटन नगरपालिकाले पाश्र्वचित्र तयार पार्न ३ वर्ष पहिले नै रु १० लाख बजेट विनियोजन गरेर प्रोफाइल समिति गठन गरी बेला बेलामा विज्ञहरुलाई कार्यालयमा बोलाएर प्रोफाईल निर्माण समितिको सदस्यमा मनोनयन गरिएको हो ।

प्रोफाईल समितीका एक जना विज्ञ (सदस्य)लाई यस सम्वन्धमा जानकारी लिन खोज्दा उनको भनाई थियो, गत २०७५ साल असार १९ गते ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले हामीलाई नगरपालिका कार्यालयमा बोलाएर, तपाईहरु सम्वन्धित विषयको विज्ञ हुनुहुन्छ नगरपालिकाको प्रोफाईल निर्माण समितिको सदस्यमा राखेको छु सहयोग गर्न प-यो भन्नु भयो र प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले त्यतिबेलै ” … प्रमुख प्रशासकीय अधिकृतको प्रत्यक्ष सरसल्लाहमा रही काम गर्नु हुन अनुरोध…”भन्ने सदस्यमा मनोनयन गरेको पत्र (चनं ८१६/२०७४।७५ मिति २०७५।३।१९) दिनु भएको हो । सदस्य मनोनित भएको २६ महिना बित्यो एक पटक पनि बैठक बसेको छैन । न प्रमुख प्रशासकीय अधिकृत पोखरेलले अहिले सम्म केहि भन्नु भयो न केहि जिम्मेवारी दिईयो ।

अर्का विज्ञ (सदस्य) ले मलाई नगर प्रमुख नेपालीले बोलाएर २०७५ साल जेठ २२ गते प्रोफाईल निर्माण सदस्यमा बस्न आग्रह गर्नु भएर प्रमुख प्रशासकीय अधिकृत पोखरलले सदस्यमा मनोनित गरेको पत्र (चनं ९२२/२०७४।७५ मिति २०७५।०२।२२) दिनु भएको हो । तत्पश्चात यस सम्वन्ध कुने विचार विमर्श सरसल्लाह केहि भएको छैन ।यस सम्वन्धमा हामीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेलसंग प्रोफाईल सम्वन्धी जानकारी माग्दा प्रोफाईल निर्माण समिति नै गठन भएको छैन भन्दै यहि भदौ महिना देखी प्रोफाईलको काम हुन्छ भनेर छाप्नुस भनेर जवाफ दिए ।

प्रोफाईल निर्माण समितिको सदस्यमा आफुले नै हस्ताक्षर गरेर मनोनयन पत्र दिने अहिले आएर समिति नै गठन भएको छैन भन्नु र भदौ देखी काम हुन्छ भन्नुले विभिन्न शंका उत्पन्न गराएको छ । समितीका विज्ञहरुलाई थाहा नदिने अनि क कसलाई जिम्मा दिएर कस्तो प्रोफाईल तयार हुँदैछ त ? प्रमुख प्रशासकीय अधिकृत पोखरेलको लटरपटर जवाफले ढोरपाटनको पाश्र्वचित्र कसको पेट भित्र भन्ने प्रश्न खडा गरेको छ । यस सम्वन्धमा ढोरपाटन नगरपालिकका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष दिपक थापाले नगरपालिकाको प्रोफाइलको लागि बजेट बिनियोजन भएको यती लामो समयसम्म प्रोफाइल बन्न सकेको छैन । यस विषयमा कुनकुन व्यक्तिलाई कुन प्रक्रियाले कामको जिम्मा कसरी दिइएको हो त्यस बारेमा नगरपालिकाको बैठकमा जानाकारी समेत भएको छैन । रकम कसरी कुन प्रक्रियाले खर्च गरिएको छ त्यस बारेमा बुझ्नुपर्ने हुन्छ । म अहिले अलि बाहिर छु भनेर बताए ।

पहिले आफैले सदस्यमा मनोनित गर्ने, अहिले समितिनै गठन भएको छैन रे, गजब छ ढोनपा ! अहिले यहि चर्चा बुर्तिवाङमा छ । केहि दिन पहिले पनि ढोरपाटन नगरपालिकाले, यी परीक्षार्थी उत्तीण भए भनेर सूचना सार्वजनिक गरेको केहि घण्टा पछी नै उक्त सुचनामा उत्तीर्ण भएकाको नाम काटेर अनुत्तीर्ण हुने उमेदवारको नाम समावेश गरि अर्को सूचना प्रकाशित गरेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित