गुल्मीमा सक्रिय कोरोना सक्रंमितको संख्या ९५ !

गुल्मीमा सक्रिय कोरोना सक्रंमितको संख्या ९५ !

Badigad Online
1 Min Read

सागर भण्डारी,गुल्मी । गुल्मीमा सक्रिय कोरोना सक्रंमितको संख्या सोमबारसम्म ९५ जना रहेको छ । जिल्लाका विभिन्न स्थानीय तहमा २७ महिला र ६८ जना पुरुष गरी ९५ जना सक्रिय सक्रंमित रहेको जिल्ला प्रशाशन कार्यालय गुल्मीले जानकारी दिएको छ ।

सक्रिय सक्रंमितमध्ये सबैभन्दा धेरै रुरुक्षेत्र गाउँपालिकाका रहेका छन् । जहाँ ४१ जना सक्रिय सक्रंमित रहेको उनीहरुसबैको अवस्था सामान्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत भवानी प्रसाद शर्माले जानकारी दिनुभयो । मुसिकोट नगरपालिकामा १८, सत्यवती गाउँपालिकामा ९, रेसुङ्गा नगरपालिकामा ८, मदाने गाउँपालिकामा ७, चन्द्रकोट गाउँपालिकामा ५, छत्रकोट गाउँपालिकामा ४ र मालिका गाउँपालिकामा ३ जना सक्रिय सक्रंमित रहेको उहाँले बताउनुभयो ।

जिल्लाका ९० वटा स्थानमा ४२ जना महिला र १ सय ४ जना पुरुष गरी १ सय ४६ जना क्वारेन्टाईनमा रहेका छन् । यसैबीच गुल्मीमा थप २ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ । सक्रंमितहरु रेसुङ्गा नगरपलिकाका रहेका छन् । तम्घास प्रयोगशालामा गरिएको परिक्षणमा २ जनामा सक्रंमण पुष्टी भएको प्रयोगशालाका ल्याव असिष्टेन्ट लक्ष्मण पन्थीले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित