ढोरपाटनका बाढी प्रभावितहरुको दैनिकी झनै कष्टकर बन्दै !

ढोरपाटनका बाढी प्रभावितहरुको दैनिकी झनै कष्टकर बन्दै !

Badigad Online
3 Min Read

बागलुङ : चिसो बढ्न थालेपछि ढोरपाटनका बाढी पीडितहरुकोे दैनिकि कष्टकर बन्दै गएको छ । ढोरपाटन नगरपालिकाको बोबाङमा भदौ १७ गते राती आएको भिषण बाढीपहिरोले बिस्तापित बनेका स्थानीय चिसो मौसममा पाल र टिनको छाप्रोमा दिन काट्न बाध्य छन् ।

गत असोज ६ गतेको मन्त्रिपरिषद् बैठकले बागलुङ र सिन्धुपाल्चोक जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी नोक्सानको मूल्याङ्कन गरी पुनर्निर्माण गर्ने घोषणा गरेपनि अहिलेसम्म कुनै काम हुन सकेको छैन । मौसम परिवर्तनसंगै जाडो एकासी बढेपछि बाढीपीडितहरू आफुलाई बस्ने घर बनाइदिन सरकारसंग माग गरेका छन् ।

संघीय, प्रदेश र स्थानीय सरकार लगायत विभिन्न संघसंस्था, राजनीतिदल, विदेशमा रहेका नेपालीहरू र ब्यक्तिहरूको आर्थिक तथा भौतीक सहयोग पाएका त्यस क्षेत्रका बाढीपीडितलेसरकार संग घर बनाइदिन माग गरेका छन् ।

ढोरपाटनको बाढीपीडितलाई धेरै संघसंस्थाबाट चामल दाल नुन तेल लत्ताकपडा भाडावर्तन जस्ता पाता र नगद वितरण भए पनि बस्ने बास नहुदा समस्यामा छन् ।

ढोरपाटन नगरपालिका भित्र बाढी पहिरोले घर बार बिहिन भएका परिवारलाई नगरपालिकाले पक्की घर निर्माण गरिदिने घोषण गरेपछि अहिलेसम्म राहत कोषमा २ करोड रूपैयाँ जम्मा भइसकेको नगर प्रमुख देवकुमार नेपालीले बताए ।

गत भदौ १७ गते ढोरपाटन नगरपालिका वडा नम्बर ५, ६, ७, ८ र ९ मा आएको बाढीपहिरोले १ सय ४४ घर परिवार बिस्तापित भएका छन् भने सडक र विजुली बस्ती क्षतबिक्षेत भएको थियो ।

बाढीले बगाएर वेपत्ता भएका ३७ जना मध्ये २२ जनाको शव फेला परेको थियो भने १५ जना अझै पेपत्ता छन् । अहिले
मौसम परिवर्तनसंगै जाडो बढेपछि त्यस क्षेत्रका जनता बिरामी पर्न थालेका छन् ।

बागलुङ जिल्ला भर यस बर्ष ५ सय ९० घर परिवार क्षति पु¥याएको जिल्ला प्रशासन कार्यलयको तत्थ्याङक छ । बाढी पहिरोका कारण विस्थापित परिवारको पुर्नस्थापनको लागि जिल्ला विपद व्यवस्थापन समितिले गृह मन्त्रालय विपद अध्ययन, जोखिम न्यूनिकरण तथा पुर्नलाभ शाखामा सिफारिस गरि पठाएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

संघीय सरकारले बिपत्त ग्रस्त जिल्ला घोषणा गरेपनि अहिलेसम्म जिल्लामा भएको धनजनको क्षति र बाढी पहिरोले बगाएको घर बनाउने काम कहिले बाट शुरू हुने भन्ने अहिलेसम्म केही ठेगान नलाग्दा बागलुङका जनता अन्यौलमा परेका छन् ।

जिल्लामा असारदेखि हालसम्म बाढी पहिरोमा परि ३८ जनाको ज्यान गएको छ । त्यस मध्ये ढोरपाटन नगरपालिकाका २४ जना, निसीखोलाका ४ जना, तमानखोलाका २, बडिगाडका २, जैमिनीका ३, ताराखोलाका १ र काठेखोला गाउँपालिकामा १ जनाको ज्यान गएको छ ।

ढोरपाटन नगरपालिकाको भुजि खोलामा आएको वाढीमा परेका १५ जना अझै बेपत्ता छन् । CP : बागलुङ पोस्ट

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित