बागलुङका कुन स्थानीय तहलाई कति बजेट?

बागलुङका कुन स्थानीय तहलाई कति बजेट?

Badigad Online
3 Min Read

अनिष पाठक

गुल्मी: बागलुङका दश स्थानीय तहका लागि आर्थिक वर्ष २०७८/०७९ को लागि ३ अर्ब ८७ करोड ७५ लाख रकम विनियोजन भएको छ।

जिल्लाका चार नगरपालिकाको लागि २ अर्ब ४ करोड ४७ लाख तथा ६ गाउँपालिकाको लागि १ अर्ब ८३ करोड २८ लाख बजेट विनियोजन भएको हो। जिल्लाका नगरपालिकामध्ये बागलुङ नगरपालिकाले सवैभन्दा धेरै ७४ करोड ७२ लाख र ढोरपाटन नगरपालिकाले सवैभन्दा कम ३२ करोड ७० लाख बजेट पाएका छन्।

जसमध्ये बागलुङ नगरपालिकाले समानीकरण अनुदानतर्फ १७ करोड ३८ लाख, सशर्त अनुदानतर्फ ५३ करोड, ३० लाख र विशेष अनुदानतर्फ २ करोड ३३ लाख र समपुरक अनुदानतर्फ १ करोड ७१ लाख प्राप्त गरेको छ । ढोरपाटनले समानीकरण अनुदानतर्फ १० करोड ३२ लाख, सशर्त अनुदानतर्फ २२ करोड, ३८ लाख बजेट पाएको छ ।

यस्तै गलकोट नगरपालिकाले समानीकरण अनुदानतर्फ १२ करोड २५ लाख, सशर्त अनुदानतर्फ ३२ करोड, ७४ लाख र विशेष अनुदानतर्फ २ करोड ४९ लाख गरी कुल ४७ करोड ४८ लाख र जैमिनी नगरपालिकाले समानीकरण अनुदानतर्फ १२ करोड २ लाख, सशर्त अनुदानतर्फ ३५ करोड, ८६ लाख, विशेष अनुदानतर्फ १ करोड र समपुरक अनुदानतर्फ ६९ लाख गरी कुल ४९ करोड ५७ लाख बजेट प्राप्त गरेका छन्।

जिल्लाका ६ वटा गाँउपालिकामध्ये बडिगाड गाँउपालिकाले सबैभन्दा बढी ४४ करोड ६ लाख र तमानखोला गाँउपालिकाले सवैभन्दा कम १७ करोड ९१ लाख बजेट पाएका छन् । जसमध्ये बडिगाडले समानीकरण अनुदानतर्फ ११ करोड ७८ लाख, सशर्त अनुदानतर्फ २९ करोड, २६ लाख, विशेष अनुदानतर्फ २ करोड ३७ लाख र समपुरक अनुदानतर्फ ६५ लाख बजेट प्राप्त गरेको छ ।

यस्तै तमानखोलाले समानीकरण अनुदानतर्फ ६ करोड ८६ लाख, सशर्त अनुदानतर्फ ११ करोड, ५ लाख बजेट प्राप्त गरेको छ । काठेखोला गाउँपालिकाले समानीकरण अनुदानतर्फ १० करोड ६० लाख, सशर्त अनुदानतर्फ २७ करोड ८३ लाख, विशेष अनुदानतर्फ १ करोड ७८ लाख र समपुरक अनुदानतर्फ १ करोड ३७ लाख गरी कुल ४१ करोड ५८ लाख बजेट प्राप्त गरेको छ ।

यस्तै ताराखोला गाँउपालिकाले समानीकरण अनुदानतर्फ ७ करोड ३८ लाख, सशर्त अनुदानतर्फ १५ करोड ६५ लाख, विशेष अनुदानतर्फ १ करोड ४ लाख र समपुरक अनुदानतर्फ ८५ लाख गरी कुल २४ करोड ९२ लाख, बजेट प्राप्त गरेको छ ।

यसैगरी निसिखोला गाँउपालिकाले समानीकरण अनुदानतर्फ ९ करोड ७६ लाख, सशर्त अनुदानतर्फ १८ करोड ८६ लाख र समपुरक अनुदानतर्फ २१ लाख गरी कुल २८ करोड ८३ लाख र बरेङ गाँउपालिकाले समानीकरण अनुदानतर्फ ७ करोड ९८ लाख, सशर्त अनुदानतर्फ १७ करोड २१ लाख, विशेष अनुदानतर्फ ४२ लाख र समपुरक अनुदानतर्फ ३७ लाख गरी कुल २५ करोड ९८ लाख रकम प्राप्त गरेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित