गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाले देश विदेशमा रहेका मुसिकोट बासीहरुबाट सुझाव सल्लाह मागेको छ। आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि वार्षिक योजना तर्जुमा, निती तथा कार्यक्रमको तयारी गर्ने समय आएको तर कोभिड महामारीको कारण भौतिक रुपमा सुझाव लिन नसकिने अवस्था रहेको कारण इमेल मार्फत सुझाव सल्लाह मागिएको हो।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले एक सूचना जारी गर्दै भनेका छन्, ‘कोरोना महामारीको कारण सेवा प्रवाह प्रभावित भइरहेको स्थितीमा आ.व. २०७८/७९ को निती, कार्यक्रम बजेट तर्जुमा गर्नुपर्ने समयमा हामी छौँ, यस विषय परिस्थितीमा विभिन्न पक्षहरुसँग प्रतयक्ष अन्तरक्रिर्या गरी राय सुझाव लिने र आगामी आर्थिक बर्ष २०७८/७९ को तर्जुमा र कार्यान्वयन गरिने योजना कार्यक्रमहरु तर्जुमा गर्ने काममा प्राप्त राय सुझावहरु समावेश गर्ने कुरा सम्भवन नभएको र राय सुझाव लिने विभिनमा परिवर्तन गर्नुपर्ने भएकोले विभिन्न पेशा व्यवसायमा संलग्न भई स्वदेश विदेशमा रहनुहुने विकासप्रेमी सम्पूर्ण मुसिकोट नगरपालिका बासी महानुभावहरुलाई यो सूचना जारी भएको मितिले सात दिनभित्र सुझावहरु दिन अनुरोध छ।’