ढोरपाटनमा बाढीले दुई घर पुरिए

ढोरपाटनमा बाढीले दुई घर पुरिए

Badigad Online
1 Min Read

बागलुङ/ मंगलबार साँझदेखि परेको बर्षासँगै आएको बढीले बागलुङको ढोरपाटन नगरपालिका–२ दुई घर पुरिएका छन् ।

बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए ।

बाढीले घर पुरिए पनि मानवीय क्षति नभएको वन्तको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित