झेँदीको पुल २ पटकसम्म भत्केर पनि नबन्नु लज्जास्पद : कांग्रेस सभापती घिमिरे !

झेँदीको पुल २ पटकसम्म भत्केर पनि नबन्नु लज्जास्पद : कांग्रेस सभापती घिमिरे !

Badigad Online
2 Min Read

गुल्मी । नेपाली कांग्रेस मुसिकोट नगर कार्य समिति सभापति मोहन घिमिरेले मुसिकोट-वडागांउ क्षेत्रलाई नगरको केन्द्र वामीसम्म जोड्ने झेदिको पुल दुई दुई पटक भत्केर पनि बन्न नसक्नु लज्जास्पद भएको बताएका छन् ।

आईतबार मुसिकोट-३ वडागांउ स्थित साना किसान कृषि शहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारण सभाको उद्घाटन सत्रलाई संबोधन गर्दै घिमिरेले पटक पटक पुल बन्ने आशामा रहेका नागरिकहरुमा निराशा छाएको समेत बताए ।

उनले राज्यले सहकारी क्षेत्रलाई प्रयाप्त ध्यान दिन नसकेको समेत बताए । साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई सफलताको शुभकामना दिदै २०४८ सालमा कांग्रेसको सरकारको पालामा सहकारी ऐन आए पश्चात देशमा सहकारीको बाढी आए पनि प्रयाप्त नियमनको अभाव रहेको उनको धारणा थियो ।

केन्द्र र प्रदेशबाट आउने बजेट बांडफाड मै मुसिकोट नगरपालिका व्यस्त रहेको बताउदै घिमिरेले बजेट वितरणमा विवेक पुर्याउन र सहकारी क्षेत्रलाई प्राथमिकतामा राख्न स्थानिय जनप्रतिनिधिलाई आग्रह गरे । रसायनिक विषादी र विभिन्न किटनाशक औषधिहरुको प्रयोग बढ्दो रहेको भन्दै घिमिरेले अर्गानिक उत्पादन तर्फ अगाडि बढाउनु पर्ने धारणा व्यक्त गरे । उनले त्यस तर्फ राज्यले किसानहरुलाई सहयोग गर्नु पर्ने आबश्यकता औँल्याए ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषाल लगायत मुसिकोट वडागाउ क्षेत्रका जनप्रतिनिधिहरु सहभागी थिए । कार्यक्रम संस्थाका अध्यक्ष हरि छन्त्यालको सभापतित्वमा सम्पन्न भएको थियो । साना किसान कृषि सहकारी संस्था लि वडागांउमा एक हजार भन्दा धेरै सेयर सदस्य रहेका छन् । उद्घाटन सत्रमा शेयर सदस्य, पत्रकार, व्यवसायी लगायत स्थानियको उपस्थिती रहेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित