बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केसीमाथि कालोमोसो

बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केसीमाथि कालोमोसो

Badigad Online
2 Min Read

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बागलुङको बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसी (विजय)लाई कालोमोसो दलेको छ ।
आइतबार कार्यालय समयमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बागलुङले स्वास्थ्य शाखा प्रमुख केसीलाई कालोमोसो दलेको हो ।

म्याद गुज्रेको औषधि खुवाएर आम बडिगाड बासीहरुको जीवनमाथि खेलवाड गरेको भन्दै कारबाही स्वरुप कालोमोसो दलेको जिल्ला इन्चार्ज अजनवीले बताएका छन् ।
जिल्ला इन्चार्ज अजनवी र संयोजक प्रविणद्वारा जारी पत्रमा भनिएको छ –‘बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखको मिलेमतोमा म्याद सकिएको औषधि खरिद गरी कमिशनको खेलमा विद्यार्थीको स्वास्थ्यमा खेलवाड गरेकोले कारबाही गरिएको हो ।’

म्याद सकिएको औषधि वितरण गरी खुवाई सकेपछि जनताको विरोध रहँदा रहँदै पनि गाउँपालिका अध्यक्ष र कर्मचारीको सेटिङमा आर्थिक दुरुपयोग गरी जनताप्रति उत्तरदायी नभएको भन्दै कारबाही गरिएको सो पार्टीले जनाएको छ ।

कारबाही पत्र सार्वजनिक गर्दै क्रान्तिकारी पार्टीले भनेको छ –आर्थिक चलखेल सत्ताको दुरुपयोग गरी थप लुटतन्त्र मच्चाउँदै जाने र जनताको आवाजलाई दमन गर्ने कुनै पनि षड्यन्त्र मान्य नहुने भन्दै आगामी दिनमा त्यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ ।

जनतालाई धम्की दिने, दवाव दिने र सत्ता र शक्तिको दुरुपयोग गरेका कारण क्रान्तिकारी पार्टीले कारबाही गरेको जनाएको छ । यता, केही समय अगाडी बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखामार्फत वितरण भएको १० देखि १९ वर्ष समूहका किशोरीले खाने आइरनचक्की म्याद गुज्रेको विषयमा समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशनपछि बडिगाड गाउँपालिकाले पत्रकार सम्मेलन गरेरै गल्ती लुकाउन खोजेपनि स्वास्थ्य शाखाका कर्मचारीले गल्ती स्वीकार गरेका थिए ।

यो पनि पढ्नुहोस: बडिगाडबासीको स्वास्थ्यमाथि गम्भीर खेलबाड: विद्यालयसँगै समुदायमा समेत भेटियो म्याद सकिएको औषधि (भिडियो)

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित