बडिगाड अनलाइन,बाग्लुङ । गत भाद्र १७ गते गएको बाढीले प्रभावित बनेका ढोरपाटन बासीहरुलाई श्री शान्ति नेपाली समाज बेलायतले सहयोग गरेको छ ।
ढोरपाटन नगरपालिका वडा नं ६,७,८,९ का बाढी पीडितहरुलाई समाजको तर्फबाट १ सय २० थान ब्लाङ्केट सहयोग गरिएको सयोंजक प्रेमलाल खरेलले बताउनुभयो । उक्त सहयोग सामाग्री आईतबार एक कार्यक्रमकाबीच नगरप्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरिएको हो ।
सेवा नै धर्म हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै बेलायतमा रहेका नेपालीहरुले सकंलन गरी पठाएको रकमबाट उक्त सामाग्री सहयोग गरिएको सयोंजक खरेलले बताउनुभयो । विपतको समयमा पीडामा रहेको ढोरपाटन नगरपालिकालाई थोरै भएपनि सहयोग होस् भनेर समाजको तर्फबाट सहयोग गरिएको उहाँको भनाई छ ।
सहयोग सामाग्री ग्रहण गर्दै नगरप्रमुख नेपालीले सहयोगी प्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विदेशमा रहेर पनि स्वदेशमा भएको पीडालाई हृदयत लिने सम्पूर्णलाई आभार व्यक्त गर्नुभएको थियो ।