होटल व्यवसायी मञ्चको मुसिकोट नगरपालिका प्रति गुनासै गुनासा

होटल व्यवसायी मञ्चको मुसिकोट नगरपालिका प्रति गुनासै गुनासा

Badigad Online
2 Min Read

गुल्मी । होटल व्यवसायी मञ्च मुसिकोट शाखाको बैठक सम्पन्न भएको छ । मञ्चका अध्यक्ष फुल प्रसाद सापकोटाको अध्यक्षतामा होटल दरबारमा सम्पन्न बैठकले विभिन्न महत्वपूणर् निणर्यहरु गरेको छ ।

बैठकले मुसिकोट नगरपालिका भित्र रहेका खानेपानी आयोजनाहरुबाट स्थानीयले उपभोग गरिरहेको खानेपानीको शुद्धता मापन गर्ने, होटलबाट निस्कने फोहोर व्यवस्थापन गर्ने, मूल्यमा एकरुपता ल्याउन बजार अनुमगन गर्ने, दर्ता बिना सञ्चालनमा रहेका होटल व्यवसायहरुको नियमन गर्ने लगायतका निणर्य गरेको छ ।

बैठकले नगरभित्र रहेका ९ वटै वडामा सञ्चालित होटल व्यवसायबाट निस्कने कुहिने र नकुहिने फोहोरको वर्गीकरण हुन नसक्दा दुर्गन्ध फैलिएको तथा जनस्वास्थ्य माथिनै असर गर्ने भएकाले त्यस्तो फोहोरको उचित व्यवस्थापन गर्न र सिसाजन्य बस्तुहरुको व्यवस्थापनका लागि नगरपालिकाको ध्यानाकर्षण गर्ने र व्यवसायहरुले प्रयोग गर्ने खानेपानीको शुद्धता मापनका लागि समेत नगरपालिकालाई आग्रह गर्ने निणर्य गरेको सचिव विवेक काफ्लेले जानकारी दिनुभयो ।

बैठकले स्थानीय बजारमा सञ्चालित व्यवसायहरुले अखाद्य वस्तु तथा म्याद गुज्रेका सामाग्रीहरु विक्री वितरण गर्ने, फरक फरक मुल्यमा वस्तुको विक्री गर्ने लगायतका अन्य जनस्वास्थ्यसगं खेलवाड गरी वस्तु तथा सेवाको विक्री वितरण गरिरहेकाले तत्कालै प्रत्येक महिनाको एक पटक बजार अनुगमन गर्ने र मुल्य नियन्त्रणका लागि स्थानीय सरकारसगं आग्रह गर्ने निणर्य पनि गरेको छ ।

त्यस्तै दर्ता बिना कर छली गरी विभिन्न ठेला तथा पोका लिएर व्यवसाय गरेका व्यवसायीहरुका कारण अन्य व्यवसायीहरुलाई मर्का परेको भन्दै त्यस्ता व्यापारीहरुलाई नियन्त्रण गरी दायरामा ल्याउन स्थानीय सरकारसगं अपिल गर्ने निणर्य पनि गरेको सचिव काफ्लेले जानकारी दिए ।

बैठकमा उठेका र निणर्य गरीएका विषयवस्तुहरुलाई समाधान गर्न बिहिवार नगरपालिकामा ज्ञापन पत्र बुझाउने समेत निणर्य गरिएको छ । बैठकमा होटल व्यवसायी मञ्च मुसिकोटका विभिन्न पदमा रहेका पदाधिकारी तथा सम्बद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित